राष्ट्रिय समाचार

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बिज्ञापन

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपणियताको शपथ लिएका छन् ।

बिज्ञापन

माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले आज मुख्यमन्त्री उद्धव थापाद्वारा शपथ लिएका हुन् ।

मुख्यमन्त्री थापाले आजै माओवादी केन्द्रबाट २ जना र नेपाली कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने विना विभागिय छन् ।

आसार २१ गते बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले सोही दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक-एक जनालाई मन्त्री नियुक्त गरेका थिए ।

बिज्ञापन