घटना समाचारटीकापुर

युवासंघका नेता प्रकाश खड्का र बम ओलि माथी खुकुरी प्रहार ,उपचारको निम्ति दुइटैजना टीकापुर अस्पतालमा

बिज्ञापन

टीकापुर २७ असार
युवासंघका नेता द्धय प्रकाश खड्का र वम ओली माथि अहिले मंगलबार राती   खुकरी प्रहार भएको छ ।
एक अपराधिक जथ्थाले खड्का र ओली माथि खुकुरी प्रहार गरेको हो । टीकापुर नगर पालिका वार्ड नं.२ विजयनगरबाट फर्किदै गर्दा अहिले साँझ उहाँहरु माथि खुकुरी प्रहार भएको हो ।
टीकापुरमा विगत केही वर्ष देखि आपराधिक कृयाकलाप गर्दै आएको एक समुहले उनीहरु खुकुरी प्रहार गरेको हुन सक्ने आशंका गरिएको छ । खड्का र ओलीको अहिले टीकापुर अस्पतालमा उपचार भैरहेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज तुलसीराम अर्यालले घटनामा संलग्नको प्रहरीले खाजी शुरु गरेको र घटनामा संलग्नमाथि कडा कारबाही गर्ने बताउनु भयो ।
इलाका प्रहरी कार्यालय टीकापुरको इन्चार्जबाट उद्धवसिंह भाटको सरुुवा गरिए पछि टीकापुरमा आपराधिक घटनाहरु बढ्न थालेका छन् । एक हप्ता अघि शसस्त्र प्रहरी तालिम केन्द्र टीकापुरकै सामुन्ने एक जथ्थाले एक किशोर माथि साँघातिक हमला गरेको एक हप्ता नबित्दै फेरी अर्को घटना घटेको छ । टीकापुरको प्रहरी प्रशासन यसरी नै कमजोर हुदै जाने हो भने टीकापुरमा सुरक्षा चुनौति बढेको छ ।
स्मरणिय छ करिब डेढ वर्ष अघि यसरी नै आपराधिक घटनाहरु बढेका थिए । भुपेन्द्र बडुवाल हत्या काण्ड र अर्जुन दास हत्या काण्ड जस्ता जघन्य काण्ड पछि तत्कालिन कैलाली प्रहरीले सुरक्षा सतर्कता बढाएपछि आपराधिक घटनाहरु नियन्त्रणमा आएका थिए । तर पछिल्लो पटक टीकापुर प्रहरी प्रमुखबाट उद्धवसिंह भाटको सरुवा पछि आपराधिक घटनाहरु फेरी बढ्न थालेका छन ।
खप्तड खबर बाट साभार

बिज्ञापन
बिज्ञापन