घटना

क्यामरुनमा चार तले भवन भत्किँदा ३७ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

क्यामरुन । क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एक चारतले भवन भत्कँदा ३७ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ जना घाइते भएका छन् ।

भत्केको भवन अर्को आवासीय भवनमा खसेकाले आवासीय भवनमा रहेकाहरुको च्यापिएर मृत्यु भएको जनाइएको छ । उक्त घटना आइतबार राति भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए ।

बिज्ञापन

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । मृतकको सङ्ख्या बढ्नसक्ने उल्लेख गर्दै उनले खोजी जारी रहेको बताएका छन् ।

भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल पुगेको क्यामरुनका शहरी विकासमन्त्री सेलेष्टिन केचा कुर्टेसले भत्केको भवनका मालिकले बिना अनुमति घर बनाएको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।