बिश्व

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान फेरि पक्राउ पर्न सक्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

इस्लामबाद – पाकिस्तानमा पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्ष इमरान खानले एक पछि अर्काे आरोप र मुद्दाको सामना गरिरहेका छन्।

पाकिस्तानको निर्वाचन आयोगले सोमबार (जुलाई २४) इमरान खानविरुद्ध अवहेलनाको मुद्दामा गैर जमानती वारेन्ट जारी गरेको छ।

बिज्ञापन

पाकिस्तानको निर्वाचन आयोगले यसअघि इमरान खानलाई धेरै पटक हाजिर हुन बोलाएको थियो तर इमरान खान उपस्थित भएनन्। यसपछि निर्वाचन आयोगले पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खानलाई पक्राउ गर्ने जिम्मेवारी इस्लामावादका प्रहरी महानिरीक्षक (आईजी) लाई दिएको छ ।

पाकिस्तानको निर्वाचन आयोगले गत वर्ष मुख्य निर्वाचन आयुक्त र निर्वाचन आयोग विरुद्ध अभद्र भाषा प्रयोग गरेको आरोपमा खान  र पार्टीका पूर्व नेता असद उमर तथा फवाद चौधरी विरुद्ध अवहेलनाको कार्यवाही सुरु गरेको थियो।

आयोगका सदस्य निसार दुर्रानीको नेतृत्वमा रहेको चार न्यायाधीशको इजलासले गत जुलाई ११ मा उमरलाई राहत प्रदान गर्दै खान र चौधरीको लागि गैर जमानती वारेन्ट जारी गरेको थियो। इजलासले सुनुवाइका लागि जुलाई २५ गते तोकेको छ।

आज बिहान १० बजेभित्र पक्राउ गरी हाजिर गर्न आयोगले आदेश दिएको छ । यसबारे पाकिस्तानका पूर्वप्रधानमन्त्रीले यसकाे पछाडि गृहमन्त्रीको षडयन्त्र रहेको बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।