कृषि

भारतले हटायो नेपाली गोलभेँडा आयातमा लगाएको प्रतिबन्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ – भारतले नेपालबाट गोलभेँडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेँडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् । बिहीबार भारतको संसदमा सम्बोधन गर्दै उनले नेपालबाट गोलभेँडा आयातको प्रक्रिया थालिएको बताएकी थिइन् ।

बिज्ञापन

नेपाली गोलभेँडा आयातमा लगाइएको प्रतिबन्ध फुकुवाबारे अर्थमन्त्री सितारमणले संसदमा जानकारी गराएको कुरा द इकोनोमिक्स टाइम्सले लेखेको छ । उनले नेपालबाट आयात हुने गोलभेँडा वाराणासी, कानपुर र लखनउमा शुक्रबारदेखि भित्रिन सुरु हुने बताएकी थिइन् ।

तर, नेपालको वाणिज्य मन्त्रालयले भने भारतले नेपालबाट गोलभेँडा लैजाने विषयमा कुनै औपचारिक जानकारी नआएको बताएको छ 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।