घटना

गाडिएको अवस्थामा रेशिकाको शव फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

तेह्रथुम, साउन २७ गते । तेह्रथुमको आठराई गाउपालिका–१ सक्रान्तिमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

लोक कल्याणकारी विज्ञापन

यही साउन १४ गते घरबाट बेपत्ता हुनुभएका २४ वर्षीया रेशिका श्रेष्ठको शव आफ्नै घर नजिकै गाडिएको अवस्थामा शनिबार दिउसो भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरिक्षक छिपिञ्जो भोटेले जानकारी दिनुभयो ।

लोक कल्याणकारी विज्ञापन

घरायसी विवादपछि घर छोडेर भागेको भन्दै उहाँका श्रीमान राजकुमार श्रेष्ठ पनि केही दिन अघि बेपत्ता हुनुभएको थियो । श्रीमान श्रीमती नै एकाएक हराएपछि रेशिकाको माइतीले खोजीका लागि इलाका प्रहरी कार्यालय सक्रान्तीबजारमा खबर गरेका थिए ।

बिज्ञापन

फरार श्रेष्ठको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । होटल व्यावसाय सञ्चालन गर्दै आएका श्रेष्ठ दम्पतीको ६ वर्षीया छोरी समेत रहेको वडाध्यक्ष प्रेमराज लिम्बुले बताउनुभयो ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन