राष्ट्रिय समाचार

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ : प्रधानमन्त्री

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन् । आज (आइतबार) १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले टिकापुर हत्या काण्डका छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताएका हुन् ।

बिज्ञापन

उक्त हत्या काण्डका प्रमुख नाइके भनिएका रेशम चौधरी सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै राष्ट्रपतिको आम माफीबाट जेलमुक्त भएका छन् । गत बुधबार सर्वोच्च अदालतले उक्त घटना चौधरीकै नेतृत्वमा भएको ठहर गर्दै पुर्णपाठ सार्वजनिक गरेको थियो । उक्त घटनामा आफ्नो कुनैपनि संलग्नता नरहेको बयान दिंदै आएका चौधरीले आदलतले पुर्णपाठ सार्वजनिक गरेपछि लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनि समेत दिएका थिए ।

प्रधानमन्त्री दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नबाट रोक्न आयोगका सचिव फेरेको भ्रम फैलाइएको भन्दै आफूले सचिव नफेरिएको बताए । उनले आफू प्रधानमन्त्री भएयता सूचनाको हकबारे धेरै कामहरू गरेको उल्लेख गरे ।

उनले विश्वमा भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ब्लकचेन टेक्नोलोजीको अध्ययन गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री दाहालले राज्यमा भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिनेमात्र नभई दिने संस्कारको विकास गर्न आवश्यक रहेको बताए ।

उनले देश संघीय गणतन्त्रमय भए पनि पुराना कानुनहरू समयानुकूल संशोधन नहुँदा त्यसको प्रत्यक्ष असर सरकारको कामकारबाहीमा परेको बताए । प्रधानमन्त्री दाहालले राज्य संयन्त्रका सूचना विवरण, तथ्य र तथ्यांक संकलन र अद्यावधिक गर्ने कार्यलाई समयसापेक्ष प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए ।

बिज्ञापन