राजनीति

रवि लामिछाने भूकम्प प्रभावित क्षेत्र बझाङमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडाैं –  रास्वापाका अध्यक्ष रवि लामिछाने बुधबार भुकम्पले  क्षति पुगेको बझाङ जिल्ला पुगेका छन् ।  उनी आज राति नै चैनपुर पुग्नेछन्  । 
उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ..

भुकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं। आज राति नै चैनपुर पुग्ने छौं । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौं , सकेको पहल गर्नेछौं । रास्वपा बझाङका साथीहरू हिजै देखि सहयोगमा जुट्नु भएको छ।

बिज्ञापन

खानी तथा भूगर्भ विभागले मंगलबार बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निट्यूडको भूकम्प गएको जनाएको छ। अपराह्न ३ बजेर ६ मिनेट जाँदा गएको भूकम्पको धक्का बझाङ आसपासका जिल्लाहरू सहित भारतीय राजधानी नयाँ दिल्लीसम्म महसुस भएको थियो। 
त्यसअघि मङ्गलबार दिउँसो २ : ४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निट्यूडको भूकम्प गएको विभागले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।