राष्ट्रिय समाचार

बिना कारण यातायात व्यवस्था विभागको सेवा ठप्प, लाखौं सेवाग्राही मारमा

बिज्ञापन

काठमाडौं । दशैंको विदा सुरु हुन दुई दिन बाँकी छँदै यातायात व्यवस्था विभागको सेवा ठप्प हुँदा हजारौं सेवाग्राहीलाई सास्ती भएको छ ।

बिज्ञापन

सरकारले दशैंको अवसरमा कात्तिक ४ गते शनिबारबाट मात्र सार्वजनिक बिदा तोकेको छ । तर, यातायात व्यवस्था विभागका कर्मचारीलाई काम गर्न मन नलागेका कारण बधुबारबाटै विभागको सेवा ठप्पजस्तै भएको छ ।

चालक अनुमती पत्रको लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षाका लागि कात्तिक १ गते बुधबार कार्यालय भ्रमण समय पाएका सेवाग्राही यातायात व्यवस्था विभागको ललितपुरस्थित एकान्तकुना पुगेर त्यसै फर्केका छन् ।

यसअघि तोकिएको तालिका अनुसार आज कार्यालय भ्रमणको मिति पाएका सेवाग्राहीले आजै आवश्यक राजश्व बुझाएर नयाँ भए कात्तिक २ गते लिखित परीक्षा दिने र कात्तिक ३ गते प्रयोगात्मक परीक्षा दिन पाउनु पर्ने हो ।

त्यसैगरी, वर्ग पथ गर्ने सेवाग्रारीले भने आजै राजश्व बुझाएर स्वास्थ्य परीक्षण गरी भोलि अर्थात कात्तिक २ गते प्रयोगात्मक परीक्षा दिने व्यवस्था थियो । तर, बुधबार यातायात पुगेका सेवाग्रही अनलाइन फारम रुजु गराएर फर्केका छन् ।

कर्मचारीले फारम मात्र रुजु जरेर फर्केको सेवाग्रहीले बताएका छन् । यस विषयमा विभागले कुनै सार्वजनिक जानकारी गराएको छैन ।

यातायातका एक कर्मचारीले भने– ‘नियमित तालिका अनुसार नै कात्तिक ३ गतेसम्म सेवा प्रदान गर्नुपर्ने हो । तर, कर्मचारी नै नभएपछि बाँकी सेवा दशैंपछि मात्र प्रदान गर्नुपर्ने परिस्थिति बनेको छ । दशैं लागेका कारण कर्मचारी साथीहरुले काम गर्ने मनै गर्नु भएको छैन ।’

यातायातले बिना जानकारी सेवा ठप्प पार्दा चालक अनुमतिपत्रसहित यातायातसँग सम्बन्धित अन्य सेवाग्राहीलाई समेत सास्ती भएको छ ।

बिज्ञापन