घटना समाचार

रूकुम पश्चिमको एक होटलमा घाँटी रेटेर महिलाको हत्या

बिज्ञापन

त्रिवेणी (रुकुम पश्चिम) । रूकुम पश्चिमको मुसिकोट नगरपालिका- १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एकजना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका डीएसपी नमराज भट्टराईले अनुसन्धान चलिरहेकाले अहिले नाम सार्वजनिक गर्न नमिल्ने बताए ।

मुसिकोट नगरपालिकाका-७ साँखकी २८ वर्षीया भावना विक खलङ्गाको सत्कार होटेलको कोठा नम्बर १ मा मङ्गलबार बिहान मृत भेटिएकी थिइन् । साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा शङ्कास्पद एक व्यक्ति पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको थियो ।

-रासस

बिज्ञापन