घटना समाचार

मोटरसाइकललाई ठक्कर दिई भागेको जीप दुर्घटना, एक जनाको मृत्यु

बिज्ञापन

धुलिखेल । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ सुन्दरबस्तीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।

बिज्ञापन

काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बाप ०३-००१ज०२९८ नंको गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएकी बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो ।

दुर्घटनामा गाडीमा सवार ८ जना घाइते भएका छन् । घाइते भएका सबैको अवस्था सामान्य रहेको र अहिले उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको डिएसपी श्रेष्टले बताए ।

बिज्ञापन