दैवीप्रकोप

टीकापुरको ४ नं. वडाद्वारा राहत वितरण

बिज्ञापन

टीकापुर, ०१ कार्तिक । टीकापुर नगरपालिका वडा नं ४ अस्नेरीद्वारा आज राहत वितरण गरिएको छ ।

बिज्ञापन


वडा नं ४ को मौरनियाँ, ठानापुर, बागमारा, ईन्द्रैया र अस्नेरमा बस्ने स्थानिय कृषकहरुको गत सोमबार बेलुका आएको हावाहुरीले घर भत्काएको थियो । निकै तिब्र वेगमा आएको उक्त हावाहुरीले मौरनीयाँका– ९ जना, ठानापुरका– ४ जना, बागमाराका– ६ जना, ईन्द्रैया– ४ र अस्नेरी– ०१ जना गरि २४ जना कृषकको घरमा रुख ढलेर वा हावाले घरको छानो नै उडाएर ठुलो क्ष्यति पुरयाएको थियो ।

कृषकहरुलाई सानो रहात हुन सकोस भनेर त्रिपाल, स्वास्थ्य किट वितरण गरिएको थियो । ४ नं. वडा अध्यक्ष लालबीर चौधरीले पिडीतहरुलाई तत्काल केहि राहत पुगोस भनेर त्रिपाल र केहि स्वास्थ्य कीट वितरण गरिएको र आउँदा दिनहरुमा जसको ठुलो क्ष्यति पु¥याएको छ तिनीहरुलाई सबै प्रकृया पुरयाएर पुनः क्ष्यति–पूर्ति दिने बताउनु भएको छ ।


गत सोमबार आएको हावाहुरीले टीकापुर क्षेत्रमा लगाइएको धान बाली, केरा खेती लगाएत सिजनल तरकारी खेतीको ठुलो क्ष्यति पुरयाएको छ ।

बिज्ञापन