खेलकुद

त्रिकोणात्मक टी-२० शृंखलामा नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

बिज्ञापन

काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा घरेलु टोली नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्‍यो ।

बिज्ञापन

टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई केबल ९४ रनमा सीमित गरेको थियो । नेपालले १३.५ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।

बिज्ञापन