शुक्रबार मध्यरातको भुकम्पमापरी मृत्यु हुनेहरूको संख्या १२८ पुग्यो

शुक्रबार राती ११:४७ बजे जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युटको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ ।
सनिवार बिहान सम्मको तथ्याङ्क अनुसार, जाजरकोटमा ९२ जनाले ज्यान गुमाएका छ्न भने रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।

त्यसैगरी घाइते हरुमा जाजरकोटमा भुकम्पमा परेर हालसम्म ५५ जना घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको थप केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरिएको जनाएको छ ।
साथै रुकुम पश्चि प्रहरीका अनुसार, घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना भन्दा बढी रहेको छ । घाइते हुनेको संख्या अझै बढ्ने क्रममा छ उद्दार कार्य जारी रहेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
