राहत व्यवस्थापन कोषबाट भूकम्प प्रभावित जिल्लामा तत्काल ५/५ करोड पठाइने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५/५ करोड तत्काल पठाउने निर्णय भएको बताएका छन् ।
शनिवार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवालासहितको बैठकले सो निर्णय गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

उनले सरकारले घाइतेहरूलाई शीघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको बताए ।
उनले घाइते कतिपयलाई स्थानीय अस्पताल र कतिपयलाई आवश्यकता हेरेर सुर्खेत र नेपालगञ्जमा उपचारका लागि पठाइएको बताए ।
उनले सुर्खेतलाई मूल बेस र सहायक बेस नेपालगञ्जलाई बनाएर राहत वितरण कार्य एकद्वार प्रणालीमा अघि बढाएको बताए ।
उनले भूकम्पका कारण केही सडक अवरुद्ध भएकाले खुलाउने प्रयास जारी रहेको पनि बताए । उनले आजको आवश्यकताअनुसार हेरेर राहत सामग्री थप पठाइएको र सुरक्षा दल पनि पठाइएको बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
