राष्ट्रिय समाचार

कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री राम रानाले दिए राजीनामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेसँगको सहमतिविपरीत गठबन्धनलाई सरकारमा ल्याएपछि एमाले मन्त्री राम रानाले राजीनामा दिएका छन् । योसँगै कोशीबाट नेकपा एमाले औपचारिकरूपमा बाहिरिएको छ ।

हिजोमात्र मुख्यमन्त्री केदार कार्कीले माओवादी र नेकपा एसका एक-एकजनालाई मन्त्री बनाएका थिए । माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगु मन्त्री थपिएका छन् ।

बिज्ञापन

मन्त्रिपरिषद् विस्तारमा असहमति जनाउँदै पार्टीको निर्णयअनुसार रानाले आज बिहान मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका छन् ।

गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेपछि कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरूमा एमालेका राम राना र आफ्नो समूह निकटका कांग्रेसका शमसेर राईलाई मन्त्री बनाएका थिए ।

पछि गठबन्धनका दलहरूले भने कार्कीलाई विश्वासको मत दिएर ढोक्सा थापेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।