नेकपा एस महोत्तरीका अध्यक्ष यादवसहित दर्जनौँ नेता एमालेमा फर्किए

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवसहितका दर्जनौँ नेताहरू नेकपा एमालेमा फर्केका छन् ।
महोत्तरीको रामगोपालपुरमा मंगलवार एमाले क्षेत्रीय समन्वय समितिले दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बलिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यादवसहितका नेता कार्यकर्तालाई पार्टीमा फर्काए । उनले यादवलाई फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरे ।

यादवसँगै नेकपा एसका जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरू पनि एमालेमा फर्केका छन् ।
यस्तै नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य बैजनाथ यादव पनि एमालेमा प्रवेश गरे । उनको नेतृत्वमा माओवादीका १४ कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
