राजनीति

तीनकुनेमा आन्दोलन गर्न आएका दुर्गा प्रसाईँका समर्थक पक्राउ

बिज्ञापन

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आन्दोलनका थप कार्यक्रमका लागि तीनकुनेमा भेला भएका समर्थकलाई प्रहरीले धरपकड गरेको छ । सोक्रममा ७ जना जति पक्राउ परेका छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरी चौकी लगिएको छ । पक्राउ परेकाहरूको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।

बिज्ञापन

प्रसाईँले आजबाट तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए । काठमाडौं जिल्ला प्रशासनले भने तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी गतिविधि गरेमा कारबाही गर्ने चेतावनी दिएको थियो ।

अहिले तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । त्यहाँ हिँड्‍डुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानी बढाएको छ । शंकास्पद व्यक्तिमाथि प्रहरीले निगरानी खानतलासी गरिरहेको छ ।

प्रसाईँले भने आफ्नो आन्दोलन नरोकिने बताएका छन् ।

बिज्ञापन