बिश्व

भारतका ४ राज्यको मतगणना जारी- प्रारम्भिक रुझानमा कांग्रेसलाई धक्का, बिजेपीलाई बोनस

बिज्ञापन

काठमाडौं । भारतका ५ राज्यको भएको निर्वाचनको मतगणना शुरु भएका ४ राज्यमध्ये सत्तारुढ भारतीय जनता पार्टी पार्टीले ३ वटामा अग्रता लिँदा कांग्रेस आइलाई झड्का लागेको छ ।

बिज्ञापन

मतगणनाको प्रारम्भिक रुझान अनुसार कांग्रेसले अपेक्षित प्रदर्शन गर्न सकेको छैन । कांग्रेसको अग्रता अब तेलंगनामा मात्र बाँकी छ । उसले जित्ने अपेक्षा गरिएको छत्तिसगढमा समेत बिजेपीले अग्रता लिएको छ ।

भारतीय समय अनुसार बिहान पौने ११ बजेसम्मको रुझानमा बिजेपीले मध्य प्रदेश, राजस्थान र छत्तिसगढमा अग्रता लिएको छ । मिजोरममा सोमवार मात्र मतगणना हुनेछ ।

राजस्थानका १९९ सीटको मतगणना जारी रहँदा बिजेपी १०१ सीटमा अगाडि छ भने कांग्रेस ७४ र अन्य दल २५ सीटमा अग्रता लिइरहेका छन् ।

त्यस्तै मध्य प्रदेशका २३० सीटमध्ये बिजेपी १४७ सीटमा अगाडि छ भने कांग्रेस ८१ सीट र अन्य साना दल २ सीटमा अगाडि छन् ।

छत्तिसगढमा ९० सीटमध्ये बिजेपी ४८ सीट र कांग्रेस ४० सीटमा अगाडि छन । उता तेलंगानामा भने कांग्रेस ६३ सीट सहित अग्रस्थानमा रहँदा क्षेत्रीय पार्टी बिआरएस ४० र बिजेपी ११ सिटमा अगाडि छन् । त्यहाँको मुस्लिम दल एआइएइएम ४ सीटमा अगाडि छ ।

मतगणनाको यही रुझान कायम रहँदा कांग्रेस आइ आफूले जितिरहेका राजस्थान र छत्तिसगढबाट पनि बिदा हुने देखिन्छ ।

बिज्ञापन