राजनीति

कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि

बिज्ञापन

काठमाडौं, मङ्सिर २९ गते । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको हो ।

बिज्ञापन

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म बस्नेछ । कांग्रेसले यसअघि पुस १६ देखि १९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो ।

सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो १ बजेदेखि बसेको बैठकले सो निर्णय गरेको हाे । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यसअघिको बैठकले तय गरेको मितिहरु आजको बैठकले परिमार्जन गरेको जानकारी दिनुहुँदै राष्ट्रिय सभाको निर्वाचनको मिति नजिकिएकाले महासमितिको बैठक सार्नु परेको बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले भन्नुभयो, “साउनको महिनामा तय गरेको बैठकको कार्यसूची परिमार्जन गरिएको छ । राष्ट्रिय सभाको निर्वाचनको मिति आएकोले महासमितिको बैठकको मिति केही परि सारिएको छ ।” 

उहाँले यसका लागि व्वयस्थापनको सम्पूर्ण जिम्मेवारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलललाई दिइएको बताउनुभयो । उहाँले बैठकले कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पुस १२ गते बस्ने निर्णय गरेको बताउनुभयो ।

यसैगरी, पार्टीको आन्तरिक विशेष अभियान पुस १६ देखि माघ १६ गतेसम्म सञ्चालन गर्ने गरी मिति तय गरिएको छ ।

बिज्ञापन