राजनीति

राजतन्त्र स्थापनाका लागि गणतन्त्रको विरोधमा आन्दोलन गर्दै राप्रपा

बिज्ञापन

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन गर्ने भएको छ । राजतन्त्रको स्थापनाका लागि उसले बृहत् आन्दोलन गर्ने भएको हो ।

बिज्ञापन

पुष १ गतेखि ३ गतेसम्म काठमाडौंमा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले राजतन्त्र स्थापनाका लागि गणतन्त्रको विरोध गर्ने निर्णय गरेको छ ।

यसका लागि उसले देशैभर आन्दोलन गर्नेछ । बैठकले आन्दोलनमा जाने निर्णय गरेको महामन्त्री धवल शमशेर राणाले बताए ।
तीन दिनसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकबाट पारित भएपछि पत्रकार सम्मेलनमार्फत् सो निर्णय सार्वजनिक गर्ने राणाले बताए ।

यसका साथै उसले संघ–प्रदेशका कुनै पनि सरकारमा संलग्न नहुने निर्णयसमेत गरेको राणाले स्पष्ट पारे ।

बिज्ञापन