राष्ट्रिय समाचार

बेपत्ता भएको ४५ वर्षपछि घर फर्किनुभयो धनबहादुर

बिज्ञापन

दमक, पुस ८ गते । ४५ वर्षदेखि घर परिवारसँग सम्पर्कविहीन रहेर बेपत्ता रहनुभएका एक व्यक्ति फेला पर्नुभएको छ । ताप्लेजुङ जिल्ला श्रीजङ्गा गाउँपालिका–३ घर भएका ६० वर्षीय धनबहादुर लिम्बू बालकैमा हराउनुभएको थियो । १५ वर्षको उमेरदेखि नै बेपत्ता रहनुभएका लिम्बु ६० वर्षको उमेरमा आफन्तको सम्पर्कमा आउनुभएको हो ।

बिज्ञापन

४५ वर्षदेखि हराई बेपत्ता हुनुभएका उहाँको खोजीका लागि परिवार वर्षौदेखि भौंतारिँदै गरेको थियो । उहाँ भारतमा बेवारिसे अवस्थामा फेला पर्नुभएको र स्थानीय एक संस्थाले उद्धार गरेको जनाइएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारत सिक्किमको अन्तर्राष्ट्रिय मानव परिषद् संस्थाको पहलमा उहाँलाई भारतबाट नेपाल ल्याइएको छ ।

करिब दुई महिना अगाडि बेवारिसे अवस्थामा फेला पारी पुनर्स्थापना केन्द्रमा राखेको जानकारी आफुहरुले पाएको र ल्याउन प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभएको छ । उक्त संस्थाले उक्त व्यक्तिको पहिचानका लागि झापा प्रहरीसँग समन्वय गरेको थियो ।

उक्त सस्थासँग समन्वय गर्दा संस्थाको प्रतिनिधिहरुले शनिवबार लिम्बूलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा ल्याइदिएको रिजालले जानकारी दिनुभयो । लिम्बूको भतिज नाता पर्ने व्यक्ति आएर बुझेर लगेको बताइएको छ । ताप्लेजुङ साविक तेल्लोक गा.वि.स. वडा नं.२, हाल श्रीजङ्गा गाउँपालिका वडा नं. ३ बस्ने ४३ वर्षका आइतराज लिम्बू आएर बुझेर लगेको रिजालले बताउनुभयो ।

बिज्ञापन