राष्ट्रिय समाचार

सयभन्दा बढी मोटरसाइकल चोरी गर्ने दुई युवक पक्राउ

बिज्ञापन

काठमाडौं । मरोङ र सुनसरीका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिज्ञापन

मोरङ प्रहरीले सुनसरीको हरिनगरा ६ बस्ने ४० वर्षीय नजाम अन्सारी र सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिका २ का २३ वर्षीय निकाइल अन्सारीलाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका क्रममा उनीहरुले लामो समय देखि विभिन्न स्थानहरूबाट एक सयवटा भन्दा धेरै मोटरसाइकल चोरी गरेको पाइएको जिल्ला प्रहरी कार्याल्य मोरङले जनाएको छ ।प्रहरीका अनुसार नेपालमा चोरी गरेका मोटरसाइकल उनीहरुले भारतको जोगवनी, फारवेसगन्ज र फुल्काहा लगायतका बजारमा लगेर बिक्री गर्दै आएका थिए ।

बिज्ञापन