अवर्गीकृतआस्था /आध्यात्म

राजकोटमा युवा सन्त निरंकारी समागम सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राजकोट, ७ जनवरी । युवाहरु आज संसारलाई कुन दिशामा लिएर जाँदै छन्, जुन दिशामा संसारको भविष्य अध्याँरो र भय लाग्दो छ र युवाहरु पनि आफूलाई त्यस दिशामा अगाडि बढ़ाई रहेकाछन् । तर एकतर्फ यस्ता युवा नव जवान साथीहरु पनि छन् जो निरन्तर समाज र देशलाई सही दिशा र समाजको भलाईमा आफनो युवा शक्ति र योगदान दिई रहेका छन् । उक्त भनाई हो, सन्त निरंकारी मिशनका युवा नवजवान गीतकार रमेश ‘रंग’ जो टीकापुर ९, ब्याबसाय क्षेत्र कैलालीमा घरभई हाल सौराष्ट गुजरात, राजकोटमा आफ्नो कर्म थलो बनाएर बसेका छन् । उनले गत आइतबारका दिन राजकोटमा आयोजित युवा समागममा सहभागी सन्त–भक्तहरुलाई आफनो भाव व्यक्त गर्दै सो कुरा बताउनु भएको हो ।

उहाँले युवाहरुलाई सम्झाउँदै सायेरको सायरलाई आधार लिएर भन्नुभयो– ‘मजा जब है विवेक जी जवानी में सुधर जाए ।’ हामी युवा अवस्थामा यो शरीरले सेवा गर्न सक्छौ, अरुको सेवा गर्न सक्छौ, सबैको भलाईमा योगदान दिन सक्छौ , दौड़ी–दौड़ी सत्संग, सेवा, सुमिरन गर्न सक्छौ, त्यसैले युवाभाइ बाहिनीको खाँंचों सबै ठाउँमा छ र मिशनलाई पनि सत्गुरुको सन्देश फैलाउन अगाडि़ आएर पूरा–पूरा योगदान दिन सक्छौ ।

बिज्ञापन

उहाँले पुरातन युवा सन्तहरुले गरेका योगदान तप–त्यागको उदाहरण दिदै भन्नुभयो कि १९७२ मा सत्गुरु बाबा गुरबचन सिंह जी महाराजले युवा नव जवानहरुलाई अगाडि़ बढ़्नु पर्छ भनेर सबै युवाहरुलाई आशीर्वाद दिनु भयो, त्यति बेलादेखि आजसम्म कतिपय युवा नव जवानहरुले मिशनलाई योगदान दिए र आफनो जीवनको कल्याण पनि गरे । त्यसैले हामी सबैले पनि मिशनलाई योगदान दिएर, आफनो जीवनको कल्याण गर्नु पर्छ ।


बाबा हरदेव सिंह जी महाराज र समयको सत्गुरु माता सुदिक्षा जीको आशीर्वादले आज संसारभरि युवाहरु ब्रम्हज्ञानको साथ जुड़ेर आफनो पनि कल्याण र समाज, देशलाई सुन्दर देन दिइरहेका छन्, उहाँले बताउनु भयो ।

यस युवा समागममा ७२ सन्त–भक्तहरुले गीत–विचार, ड्रामा, कवितामा भाग लिएका थिए, जसमा मुख्य वक्ताहरुमा दिलीप बर्मा, रोशनी आडवाणी, सुनील लोकवाणी, पवित्रा ‘रंग’ विश्वकर्मा एवं साथी, जैकी तलवानी एवं साथी, सुरेश विश्वकर्मा एवं साथी, जय लेखानी एवं साथी, मदन विश्वकर्मा एवं साथी, राजा लोकवाणी, रमेश ज्ञानचंद्वानी एवं साथी, सेवादल युवा रुप, आशीष साधवानी एवं साथी, रुप सॉग ऑल युवा नव जवान, अन्तमा परम आदरणीय राजकोट संयोजक भाइ राजेश केशवानी जीले सबै युवाभाइ बाहिनीहरुलाई आशीर्वाद दिनु भएको थियो भने मंच संचालन युवा नव जवान जयेश तलवाणी एवं युवा बहिनी नम्रताले सुन्दर तरीकाबाट गरेका थिए ।


युवा समागममा ७०० देखि ८०० सय सन्त–भक्तहरुको उपस्थिति रहेको थियो जसमा २०० सय नेपाली सन्त–भक्तहरुको उपस्थिति रहेको थियो ।
समागममा लंगर प्रसादको पनि राम्रो व्यवस्था गरिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।