राजनीति

राप्रपा नेपालले जनआन्दोलनको प्रारम्भिक तयारी गरिसकेको छ : कमल थापा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले जनआन्दोलनको प्रारम्भिक तयारी गरिसकेको बताएका छन् ।

पोखरामा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले परिवर्तन संस्थागत गर्ने अन्तिम विकल्प जनआन्दोलन भएको भन्दै आफ्नो पार्टी जनआन्दोलनको प्रारम्भिक तयारी गरिसकेको बताएका हुन् ।

बिज्ञापन

राजनीतिक दलहरू तयार हुने हो भने यहीँ संविधानबाट नै यो परिवर्तनलाई संस्थागत गर्न सकिन्छ । सहमति र सहकार्यबाट परिवर्तन संस्थागत नगर्ने हो भने अन्तिम विकल्प जनआन्दोलन नै अन्तिम विकल्प रहनेछ,’ ‘उनले भने, ‘राप्रपा नेपालले जनआन्दोलनको प्रारम्भिक तयारी गरिसकेको छ ।

जनआन्दोलन एउटा पार्टीको मात्र नहोस् भनेर बृहत् राष्ट्रिय मोर्चाको अवधारणा अघि सारेको अध्यक्ष थापाले सुनाए ।

जनआन्दोलन केबल एउटा पार्टीको मात्र नहोस् भनेर हामीले बृहत् राष्ट्रिय मोर्चाको अवधारणा अघि सारेका छौँ । सामूहिक नेतृत्वको मान्यता अनुसार सबैको सहभागिता रहने गरी देशमा क्रियाशील राष्ट्रवादी देश भक्त, प्रजातान्त्रिक, हिन्दुवादी, राजावादी सबै बृहत् मोर्चामा आउन निमित्त आव्हानसमेत गर्दछु,’ उनले भने

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।