राष्ट्रिय समाचार

काठमाडौँबाट धनगढी जाँदै गरेकाे श्री र बुद्ध एयरकाे विमान सुर्खेतमा अवतरण

बिज्ञापन

धनगढी- प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ ।

बिज्ञापन

धनगढीको मौसम नखुलेको कारण बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरिएको हो।

श्री एयरलाइन्सको ३२१ र बुद्ध एयरलाइन्सको २५१ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण भएको सुर्खेत नागरिक उड्डयन कार्यालयले जनाएको छ।

सुर्खेत विमानस्थलमा अवतरण गरिएका विमान अब मौसम खुलेपछि मात्र धनगढीका लागि उड्ने कार्यालयले जनाएको छ।

बिज्ञापन