राजनीति

बर्दियामा रास्वपाका करिब दुई दर्जन कार्यकर्ताले छाडे पार्टी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । बर्दियाको गुलेरियामा राष्ट्रिय स्वतन्त्र पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ताले एकै पटक पार्टी छाडेका छन् ।

पार्टीभित्रको गुट उपगुट, स्वार्थीपन र नेतृत्वप्रति रहेको स्वार्थीपनाका कारण आफूहरू पार्टीमा रहन नसकेको उनीहरूले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बिज्ञापन

गुलरिया नगरपालिका वडा नं ४ को विभिन्न पदमा रहेका २१ जनाले सामूहिक हस्ताक्षरसहितको राजीनामा बुझाउँदै पुराना दलका नेताहरू नयाँ भनिएको दलमा स्वार्थहरू उस्तै रहेकाले आफूहरू यो पार्टीमा बस्न नसकेको जनाइएको छ ।

उनीहरूले पार्टीका बर्दिया जिल्ला संयोजकलाई सम्बोधन गरेर लेखेको पार्टी परित्यागको पत्र क्षेत्र, प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिइएको छ । तर रास्वपाको नगर कमिटीले राजीनामा बुझाएका वडा सभापति प्रेमबहादुर खड्कालाई कारबाही गरेका कारण यस्तो भएको हुनसक्ने दाबी गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।