कैलाली एमालेको नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ
लोक कल्याणकारी विज्ञापन

कैलाली । नेकपा एमाले कैलालीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूले शपथ लिएका छन् ।
लोक कल्याणकारी विज्ञापन

सोमबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष यज्ञराज ढुङ्गानासहितका पदाधिकारी र सदस्यहरूलाई केन्द्रीय निर्वाचन आयोगका सदस्य हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ गराए ।
लोक कल्याणकारी विज्ञापन

आजै ढुंगानाले पदभारसमेत ग्रहण गरेका छन् ।
बिज्ञापन

एमालेभित्र नेतृत्व पंतिमा बस्ने नेताहरूको गुटबन्दी मौलाएको बताउँदै त्यसलाई अन्त्य गर्नुपर्नेमा ढुंगानाले जोड दिए । अधिवेशनमा जुनसुकै समूहबाट निर्वाचित भएर आएपनि सबैलाई मिलाएर अघि लैजाने पक्षमा रहेको उनको भनाइ थियो ।
घोडाघोडी नगरपालिकाको सुखडमा ६ फागुनमा सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट प्रतिद्धन्द्धी डेजी पाण्डेलाई ६९ मतले पराजीत गर्दै ढुंगानाले अध्यक्ष हत्याएका थिए ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

