आस्था /आध्यात्म

टीकापुर सत्संग भवनमा वृहत सत्संगको आयोजना

बिज्ञापन

टीकापुर, २४ चैत्र । टीकापुर सत्संग भवनमा वृहत सत्संगको आयोजना गरिएको छ ।

बिज्ञापन

सन्त निरंकारी मण्डल केन्द्रीय कार्यलय, दिल्लीबाट आउनु भएका प्रचार विभाग केन्द्रीय संयोज हेमराज शर्माले विभिन्न ठाउँबाट संयौंको सख्यामा एकत्रित भएका सन्त–भक्तहरुलाई सम्बोधन गर्दै भन्नुभयो कि मनुष्य योनि निकै दुर्लभ छ, यो बारबार पाईदैन । मानुष्य योनिमा एक विशेष प्रकारको दुर्लव चेतनाको ज्ञान दिएको छ । मानुष्य योनि देवताभन्दा पनि दुर्लभ रहेको छ । त्यसैले भनिएको छ मानव योनिबाट मोक्षसम्म पुग्न सकिन्छ । त्यसैले मानव तनलाई देवता भनिएको छ । एउटा अवस्थालाई प्राप्त गर्नको लागि जीव निरन्तर दौडी रहेको हुन्छ । आनन्दको अवस्थालाई प्राप्त गर्नको लागि जीव निरन्तर दौडी रहेको छ । तर अज्ञानताको कारण आनन्दलाई भौतिकतामो खोजी रहेको छ । यही भौतिकतामा आनन्दको खोजी गर्नुको कारण चौरासी लाख भट्की रहेको छ । तर महात्मा वा उपनिषद्ले भनेको छ मानव तन पाएको छस् भने अलि जागरुक हौ, किभने यस तनमा नै ईश्वरलाई प्राप्त गरेर मुक्ति हासिल गर्न सकिन्छ, उहाँले प्रष्ट पार्नु भयो ।

उहाँले अगाडि भन्नुभयो कि सन्त–महात्माहरुले यही अवगत गराई रहेका छन् कि जो पनि तँसंग छ त्यो यही रहने वाला छ, तँसंग केहि जाने वाला छैन, किन यो भौतिक दुनियाको पछि दौडी रहेको छस् । मनुष्य योनि निकै दुर्लभ तरीकाबाट मिलेको हो । ब्रम्हज्ञानबाट नै मुक्तिको सम्भव छ । राजा जनकको मोमुक्षको बारेमो जानकारी दिदै उहाँले भन्नुभयो कि राजा जनक एक यस्ता राजा थिए जो संसारमा सबैभन्दा धेरै मोमुक्षु प्रवृत्तिका थिए । उनी निकै मोक्षको आशा राख्ने गर्थे । राजा जनकले पढेका थिए घोडाको एक रखावबाट अर्को रखावमा राख्ने समयभन्दा पहिले ईश्वरको दर्शन हुन सक्छ । राजा जनक निकै हैरान भए कि म वर्षौदेखि मोक्षको लागि अनेकौ विधि गरिरहेको छु तर पाउन सकिरहेको छैन तर यिनले यति छोटो समयमा ईश्वरको दर्शन गराउन सक्छु भन्छन् ? राजा जनकले विद्वानहरुको सभा बोलाउनु भयो र भन्नुभयो कि यो जुन लाईन लेखिएको छ कि यति छोटो समयमा परमात्माको दर्शन गराउन सक्छु भनिएको छ, यदि हुन सक्दैन भने त्यस लाईनलाई हटाई देऊ । विद्वानहरुले राजा जनकलाई भने कि हामी विद्वान हौ ज्ञानी होइनौ, विद्वानको अर्थ हुन्छ विद्वत्वा । त्यसको लेखिएको शब्दको बारेमा जानकारी त छ तर हामी ज्ञानी छैनौ । त्यसको लागि ब्रम्हज्ञानी हुनु आवश्यक छ । हामी हजूरलाई परमात्माको दर्शन गराउन सक्दैनौ । त्यसको लागि कुनै ब्रम्हवेत्ताको आवश्यकता हुन्छ । जसले स्पयं ब्रम्हज्ञानलाई जान्छ, त्यसले मात्र परमात्माको दर्शन गराउन सक्छ । यही समय अष्टबक्र जसको आठ ठाउँमा शरीर भाँचिएको थियो, उहाँले त्यहाँ सोधिएको प्रश्नमाथि प्रकाश पार्दै राजा जनकलाई भने कि जति समय घोडाको एक रखावबाट अर्को रखावमा खुट्टा राख्नु भन्दा पहिले म ईश्वरको दर्शन गराउन सक्छु । यो कुरा सुनेर राजा जनक निकै खुशी भए । दुबै जना अगाडि हिडि रहेका थिए तब अष्टवक्रले भनेकि यसमा अरु पनि शब्द लेखिएको थियो राजा जनक ? राज जनकले भने अरु पनि लेखिएको थियो । जसमा पात्रता होस । अष्टवक्रले भने तिमी काबिलियत छौ ? राजा जनकले भने आदेश दिनुहोस म कसरी पात्रता बनु ? राज जनक जो तिमीसंग त्यो सबै मलाई देऊ । तिम्रो पात्रलाई यो माया रुपी सामानले भरिएको छ जब तिमी त्यो माया खाली गर्ने छौ अनि मात्र तिमी साक्षात परमात्माको दर्शन गर्न सक्ने छौ । राजा जनकले पनि आफूसंग भएको सबै राजपाठ अष्टवक्रलाई समर्पित गरे । तब राज जनकलाई भने अब तिमी घोडाको राखवमा बस तिमीले अर्को पट्टी खुट्टा राख्नु भन्दा पहिले नै तिमीलाई ईश्वरको दर्शन गराउने छु । नभन्दै अष्टवक्रले अर्कोतिर खुट्टा राख्नुभन्दा पहिले नै परमात्माको दर्शन राजा जनकलाई गराउनु भयो । यस प्रकार राजा जनक तत्व वेत्ता हुन गए, ब्रम्हज्ञानी हुन गए । यसरी संसारमा एक मात्र राजा जनक एक यस्ता व्यक्ति थिए जो जिउँदै वेदेही थिए । उनलाई शरीर हुँदा पनि निरंकारको ध्यान भएपछि यस निरंकार पारब्रम्हमा लिप्त हुन्थे । उनलाई शरीर भएको पनि आशा हुँदैन्थ्यो ।

यसरी आज सत्गुरु घर–घरमा आएर पनि ब्रम्हज्ञानको हिरा दिरहेको छ तरपनि हामी त्यसलाई कुनै महत्व दिरहेका छैनौ । आखिर हामीले यो अमूल्य मानव जीवन पाएको के पाईदा भयो । आज सत्गुरुले संसारलाई साक्षात्कार ईश्वरको दर्शन गराई मानव योनिलाई मुक्ति गरिरहेको उहाँले बताउनु भयो ।

उहाँले प्रभु रामलाई मान्नु तब हुने छ जब हामी उहाँका शिक्षाहरुलाई आत्मसाथ गर्ने छौ, त्यसै अनुरुप आफ्नो जीवनलाई अगाडि डो¥याउने छौ । सत्गुरुले बारबार यही भन्नु भएको छ कि भगवानलाई हामी मान्छौ तर भगवानको कुरालाई मान्दैनौ, उनको आदेशलाई मान्दैनौ । यदि जीवन सुखमय, आनन्दित बनाउनु छ भने भने भगवानको प्रत्येक शब्दलाई अक्षरसः पालन गर्दै सत्गुरुले देखाएको मार्गमा हिड्नु पर्ने छ, उहाँले बताउनु भयो ।

त्यस्तै प्रकारले सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभएर एक विशुद्ध आध्यात्मिक विचारधारा हो । यहाँ सबै जातजाति, हिन्दु, मुूिस्लम, सिख, ईसाई आदि सबै धर्मका समुदायहरु आवद्ध छन्, त्यस्तै अनेकौं संस्कृति, सानो, ठुलो, धनि, गरीब आदिको कुनै भेदभाव नभएर सबै मानव प्राणी एक ईश्वरका सन्तान हुन, हामी सबै एउटै परिवारकार सन्तान हौ, हामीले कसैसंग कुनै प्रकारको भेदभाव नगरेर विश्वभातृत्वको भावबाट मिलेर बस्नु पर्छ भन्ने सन्देश सन्त निरंकारी मिशनले दिने गर्दछ, उहाँले बताउनु भयो ।


सत्संग कार्यक्रममा कारीश एवं साथी, खेमराज काफ्ले, पूर्णीमा एवं साथी, नयाराम बटला, नैन सिंह एवं साथी, ऋषिराम सापकोटा, भावना एवं साथी, कान्ति प्रशाद ज्ञवाली, धन्ञ्य एवं साथी, लक्ष्मी एवं साथी, कृष्ण रेग्मी, प्रविन, महादेव भण्डारी, गगन एवं साथी, नविन पाठक, चेतना रेग्मी, सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले भजन, कविता तथा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने सन्तुष्ट रावल, तुल्सी बोहरा, दीपक रावल र रती लालले लघु कवि दरबार प्रस्तुत गरेर सबैको मनलाई प्रफुल्लित गरेका थिए । कार्यक्रममको संचालन राजन रेग्मीले गर्नु भएको थियो ।

बिज्ञापन