जलवायु

दिल्ली अहिलेसम्मकै सबैभन्दा तातो, तापक्रम ५० डिग्री सेल्सियस नजिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको तापक्रम अहिलेसम्मकै उच्च ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ। तापक्रम बढेसँगै पानीको अभाव हुन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मङ्गलवार दिल्लीका दुई उपनगरीय क्षेत्र, नरेला र मुंगेशपुरमा उच्च तापक्रम मापन गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यहाँको तापक्रम सोचेभन्दा नौ डिग्री बढी छ ।

बिज्ञापन

तीन करोडभन्दा बढी जनसङ्ख्या भएको हो सहरमा बुधवार पनि यस्तै तापक्रम बढ्ने अनुमान गरिएको छ र सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ । मे २०२२ मा दिल्लीका केही भागहरूमा तापक्रम ४९.२ डिग्री सेल्सियस (१२०.५ फरेनहाइट)पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा ग्रीष्मकालीन तापक्रम उच्च भएता पनि हालैका वर्षहरूमा चरम गर्मीको लहर आएको छ। वर्षौँको दौडान, वैज्ञानिक अनुसन्धानले देखाएको छ कि जलवायु परिवर्तनको कारण गर्मी हो, झन् बारम्बार र तीव्र हुँदै गइरहेको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।