यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
लोक कल्याणकारी विज्ञापन

खलङ्गा (दार्चुला) जेठ १९ गते । दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपि हिमाल गाउँपालिका-३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो । अपि हिमाल गाउँपालिका-३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका कार्कीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । रासस
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

