घटना

बिजुलीको पोलमा साइकल ठोक्किँदा ६० वर्षीय पुरीको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर : मोरङको बेलबारी नगरपालिका–५ मा बिजुलीको पोलमा साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बेलबारी–५ का ६० वर्षीय टीकाराम पुरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। 

उनका अनुसार परिवारका सदस्य कसैलाई पनि नभनिकन पुरी सोमबार साँझ घरबाट साइकल लिएर हिँडेको खुलेको छ। राति अबेरसम्म घर नफर्किएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेर खोजी सुरु गरेका थिए। 

बिज्ञापन

पुरीको शव घरनजिकै सडक छेउको कुलोमा मंगलबार बिहान ५:३० बजेतिर फेला परेको जानकारी प्रहरीले प्राप्त गरेको डीएसपी बस्नेतले बताए। उनका अनुसार बिजुलीको पोलमा ठोक्किँदा साइकलसहित कुलोमा लडेर पुरीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मादक पदार्थ सेवन (मापसे) गरेर साइकल चलाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ। 

प्रहरीका अनुसार पुरीले अत्यधिक मापसे गर्ने गरेको पत्ता लागेको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेको छ।  

दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। घटनासँग सम्बन्धित थप कुरा अनुसन्धानपछि पत्ता लाग्ने डीएसपी बस्नेतले बताए। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।