खेलकुद

टी-२० विश्वकप : श्रीलंकामाथि दक्षिण अफ्रिकाको जित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ। 

सोमबार न्युयोर्कमा भएको खेलमा श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट क्षतिमा पूरा गर्‍यो।

बिज्ञापन

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले नटआउट १९ रन जोडे। त्यसअघि ओपनर क्वान्टन डि ककले २० रन मात्र जोडे। 

बलिङमा श्रीलंकाका हसरंगाले २ विकेट लिए। 

त्यसअघि अमेरिकाको न्युयोर्कमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १९.१ ओभरम ७७ रनमै अलआउट भएको हो।

श्रीलंकाका लागि ओपनिङ ब्याटर कुशल मेन्डिसले १९ रन जोड्दा किमिन्दु मेन्डिसले ११ रन र एन्जेलो म्याथ्युजले १६ रन मात्र बनाउन सके। 

अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बलिङमा दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले ४ विकेट लिए। उनले ४ ओभरमा ७ रन मात्र खर्चिए। कागिसो रबडा र केशव महाराजले २-२ विकेट लिए। 

समूह ‘डी’ मा श्रीलंका र दक्षिण अफ्रिकासँगै नेपाल, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले पहिलो खेल भोलि राति नेदरल्यान्ड्ससँग खेल्नेछ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।