राजनीति

राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जाने भएका छन्। 

विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न जान लागेका हुन्।

बिज्ञापन

मंगलबार बिहान नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकपछि प्रधानमन्त्री प्रचण्ड शीतल निवास जान लागेका हुन्।

नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पालैपालो प्रधानमन्त्री बन्ने सहमति गरेका हुन्।

माओवादीको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्‍डले राजीनामा नदिने निर्णय गरेको छ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत सामना गर्ने निर्णय गरेको हो। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।