अर्थ

चाबी बुझाउन हेटौँडा उपमहानगर परिसरमा पुगे व्यवसायी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले करको दायरा वृद्धि गरेपछि हेटौँडाका व्यवसायी आफ्नो व्यवसायको चाबी लिएर हेटौँडा उपमहानगरपालिका परिसरमा आएका छन् ।

उपमहानगरपालिकाले व्यवसायिक करको दर ३३ देखि १५० प्रतिशतसम्म बढाएको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा सुरु भएको आन्दोलनको पाँचौं दिन आज आफ्ना व्यवसाय बन्द गरेर चाबी बुझाउन उपमहानगर परिसरमा आएका हुन् ।

बिज्ञापन

उपमहानगरपालिकाको गत असार ७ भएको उपमहानगरको १५ औँ नगर सभाबाट राजश्व दरमा वृद्धि गर्ने निर्णय भएको थियो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को लागि वाहलकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको हो ।

अहिलेको आर्थिक मन्दीको जटिल अवस्थामा स्थानीय सरकारले व्यवसायीलाई राहतको प्याकेज ल्याउनुको सट्टा करको दर बढाएर व्यावसायिक प्रतिष्ठानलाई पलायनको बाटो देखाएको भन्दै संघले लिखित अल्टिमेटम दिएको थियो । तर उपमहानगरले व्यवसायीको अल्टिमेटमलाई बेवास्ता गरेको भन्दै संघले पाँच दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

संघले नगर सरकार खोज्दै मैनबत्ती जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम अन्तरगत आज चाबी बुझाउन आएको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।