घटना

अछाममा भिरबाट लडेर पुरुषको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । खेतबाट फर्किने क्रममा भिरबाट लडेर अछामा एक जनाको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका –५ लयाटीका ४५ वर्षीय कमलबहादुर शाहीको मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । 

घरदेखि करिब पाँचसय मिटरको दूरीमा रहेको बडरुख भन्ने स्थानमा चिप्लिएर एकसय मिटर तल खसेपछि उपचारमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

बिज्ञापन

घाइते अवस्थामा भेटिएका शाहीलाई उपचारको क्रममा स्थानीयले छिमेकी जिल्ला दैलेखको राकम लैजाने क्रममा बाटैमा मृत्युु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।