राजनीति

जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशव्यापी आन्दोलन गर्छौं : प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सिरहा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोचमा रहेको बताएका छन् ।

सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटघाटमा उनले त्यसकै लागि आफूहरु देशव्यापी बैठक र छलफलमा जुटेको बताएका हुन्।

बिज्ञापन

पार्टीको मधेश प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिने क्रममा सिरहा पुगेका अध्यक्ष प्रचण्डले मुलुकको अहिलेको ठूलो समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशव्यापी आन्दोलन गर्ने बताए।

‘तपाइँहरुले देखि नै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो’उनले भने,‘हामी सरकारको नेतृत्व गर्दा केही नयाँ काम सुरु गरेका थियौं। सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध हामीले थालेको अभियानबाट भूमाफियाहरु आत्तिए। जसले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने अपराध गरिरहेका थिए, उनीहर छट्पटाए।’

मिटरब्याजलगायत तमाम बेथितिकाविरुद्ध आफूहरुले सरकारबाट सङ्कल्पका साथ संघर्ष सुरु गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने,‘त्यसबाट दलाल, सामन्तवादका अवेशष, भूमाफिया र नोकरशाहहरु हामीसँग आतंकित भए। माओवादी केन्द्रका नेताहरुले विस्तारै हामीलाई त खतमै पार्ने भए भनेर भ्रष्टाचारी जति सबै डराए।’

उनले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध लडाई लडेकाले आफूहरु विजेता कमाण्डरजस्तो गरी निस्केको बताए। उनले पार्टीलाई मधेशमा थप एकताबद्ध र सुदृढ बनाउँदै पहिलो पार्टीको रुपमा स्थापित गरेर स्थानीय, प्रदेश र संघीय सरकारमा सशक्त हस्तक्षेप बढाउन पनि मधेश प्रदेशको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।