अवर्गीकृत

कोदालो प्रहार गरी दाइको हत्या गर्ने भाइ पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, भदौ २५ गते । कोदालोले प्रहार गरेर आफ्नो सहोदर दाइको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।  

लोक कल्याणकारी विज्ञापन

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डोटीको जोरायल गाउँपालिका–६ का ५५ वर्षीय नरबहादुर जोराले आफ्नै सहोदर दाइ ६५-६६ वर्षका गणेश जोराको हत्या गरेका हुन् । घरायसी विवादमा नरबहादुरले कोदालोले टाउकोमा प्रहार गर्दा गणेशको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ 

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन