घटना

घरमा खेलिरहेकी बालिका बेपत्ता, बाघले लगेको आशङ्का

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

खजुरा, भदौ ३१ । बाँकेमा एक बालिका बेपत्ता हुनुभएको छ । घरको आँगनमा खेलिरहेकी बालिका बेपत्ता हुनुभएको हो । बालिकालाई जङ्गली जनावरले लगेको आशङ्का गरिएको छ ।

जिल्लाको खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनलाई बाघले लगेको हुन सक्ने आशङ्का गरिएको छ । 

बिज्ञापन

बालिका पुन आइतबार राति आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिनुभयो । सूचना अधिकारी बुढामगरका अनुसार आइतबार राति अन्दाजी ८ बजेको समयसम्म घरको आँगनमा खेलिरहनु भएको बालिका त्यसपछि बेपत्ता हुनुभएको थियो ।

उहाँका अनुसार बालिकालाई उहाँका अभिभावकले नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । घरको नजिकै सामुदायिक वन रहेको र उक्त वनमा बाघलगायतका जङ्गली जनावरसमेत देखिने गरेकाले बालिकालाई कुनै जङ्गली जनावरले लगेको हुन सक्ने आशङ्का गरिएको उहाँले जानकारी दिनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।