बिश्व

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको हत्या गर्ने प्रयास, फेरि चल्यो गोली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका  उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो।

ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए।

बिज्ञापन

अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ट्रम्प  हत्या प्रयास गरिएपनि उनी सुरक्षित रहेको र एक सम्भावित संदिग्धलाई पक्राउ गरि हिरासतमा राखिएको बीबीसीले उल्लेख गरेको छ। घटनास्थलमा एउटा एके-४७  हतियार र स्कोप, दुईवटा ब्याकप्याक र एक गोप्रो क्यामेरा फेला परेको समाचारमा उल्लेख छ। सिक्रेट सर्भिस एजेन्टहरूले झाडीबाट राइफलको ब्यारेल देखेपछि संदिग्धमाथि गोली हानेको अधिकारीहरूले जानकारी दिएका हुन्। 

घटनापछि राष्ट्रपति उम्मेदवार ट्रम्पले भने आफूले हार नमान्ने बताएका छन्। उनले आफ्ना समर्थकलाई इमेल लेख्दै भनेका छन्, ‘म सुरक्षित छु। ममाथि फेरि गोली प्रहारको प्रयास भएको छ। तर, म यस्ता घटनाले भने आत्मसमर्पण गर्दिनँ।’

यस अगाडि पनि पेन्सिलभेनियाको बटलरमा एक र्‍यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको हो। ट्रम्प बटलरमा मञ्चमा बोल्दै गर्दा गोली चलेको थियो। ट्रम्पले दाहिने कानको माथिल्लो भागमा गोली लागेको हो। उक्त समयमा एक दर्शकको मृत्यु भएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।