बैतडीका एक युवक भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर बेपत्ता

बैतडी । बैतडीका एक युवक भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । दसैँ मनाउन भारतबाट घर फर्किने क्रममा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमर धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् ।
धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ झुलाघाट बजार नजिकैको सडकबाट महाकाली नदीमा खसेको खुलेको छ ।धामी खसेको ठाउँमा पहिरो समेत खसेका कारण जोखिम रहेको प्रहरीले जनाएको छ । बेपत्ता धामीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले जानकारी दिए ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
