घटना

बैतडीका एक युवक भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडी । बैतडीका एक युवक भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । दसैँ मनाउन भारतबाट घर फर्किने क्रममा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमर धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ झुलाघाट बजार नजिकैको सडकबाट महाकाली नदीमा खसेको खुलेको छ ।धामी खसेको ठाउँमा पहिरो समेत खसेका कारण जोखिम रहेको प्रहरीले जनाएको छ । बेपत्ता धामीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले जानकारी दिए ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन