अवर्गीकृत

समाज रुपान्तरण गर्ने तरीका केवल राजनितिकको मात्र नभएर, धर्म–संस्कृतिको पनि हो– टीकाराम खड्का (प्रमुख– तुलसी उपमहानगर पालिकाका)

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ्ग, ४ असोज । समाज रुपान्तरण गर्ने तरीका केवल राजनितिकको मात्र नभएर, धर्म–संस्कृतिको पनि हो, उक्त कुरा तुलसीपुर उपमहानगर पालिकाका प्रमुख तथा सन्त निरंकारी मण्डल नेपालको ३५औं वार्षिक साधारण सभाका प्रमुख अतिथि टीकाराम खड्काले बताउनु भएको हो ।

उहाँले समाज रुपान्तरण गर्ने तरीका केवल राजनितिक संस्थाहरुको मात्र नभएर, धर्म–संस्कृतिको पनि हो । समाजले मेरो देश, मेरो समाज, मेरो गाउँ–घर वा आफ्ना अग्रजहरुलाई पुकार गर्दै गर्दा एउटै चीजको अर्जुन दृष्टि राखेर अगाडि बढ्नु पर्छ त्यो हो सतमार्ग । हाम्रा अगाडि वा पछाडि नराम्रा संस्कृतिहरु मौलाई रहेका छन्, जो मानव जीवनलाई बर्वाद पार्ने कार्यमा उद्द्धत छन्, त्यस्ता कुसंस्कार र विसंगीलाई कसरी सही बाटोमा ल्याउन सकिन्छ भन्ने कुरामा हामीले हाम्रो उच्च मनोवलको साथ अगाडि बढ्नु जरुरी छ । यदि हामीले यस कार्यलाई गरेनौ भने हाम्रो अगाडि वा पछाडि, हाम्रा पुस्ताहरु नराम्रो बाटोमा लागेर धर्म–संस्कृति लोप हुने बाटोमा पुग्ने छन्, उहाँले धारणा राख्नुभयो ।

बिज्ञापन

सन्त निरंकारी मिशन सन् १९२९ मा पाकिस्तानको पेशावरमा स्थापना भई नेपालमा बि.सं. २०२० मा अछामबाट थालनि भएको यस मिशनले आफ्नो लामो कार्यकालमा थुप्रै समाज काल्याणका कार्यहरु गर्दै आएको छ जसले हजारौं स्वयं सेवकहरुलाई पनि जन्म दिएको छ । मिशन विश्वमा शान्ति फैलाउदै विश्वभाइचारालाई आत्मसाथ गर्दै अगाडि बढेको पाउँदा आफू निकै गर्भवान्तित भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो कि हामीले जुन धर्म वा ज्ञानसंग चहाना वा इच्छा राख्छौं त्यो ज्ञानलाई आफूसम्म मात्र सिमित नराखेर हजारौं मान्छेहरुको बीचमा लैजान सक्ने सामथ्र्य हामीमा हुनु पर्दछ । हिन्दु धर्मलाई हामी विभिन्न माध्यमबाट अगाडि बढाउँछौ । ठुला–ठुला मन–मन्दिर, देवालयको स्थापना गरेर पूजा–आर्चना पनि गर्ने गर्छौ । तर सन्त निरंकारी मिशन एक छुट्टै विशेषता बोकेको संस्था हो । यसमा आवद्ध रहेका सन्तहरुमा आत्मविश्वास प्रवल रहेको हुन्छ । परम विश्वास र आत्माविश्वास आदि आफूले जे गर्न खोजिएको हो, समाजमा असल विश्वास गरेर सत्संग गर्ने ब्रम्हज्ञानको प्रवाह समाजमा फैलाउने, धर्म–संस्कृतिको संरक्षण गर्ने जुन अभियान सन्त निरंकारी मिशनले संचालन गरेको छ, यो नै एक प्रकारको छुट्टै विशेषता हो, उहाँले प्रष्ट पार्नुभयो ।

आफ्नो बाल्यकालको स्मरण गर्दै उहाँले भन्नुभयो जब म सानो थिए, त्यति बेला रोल्पामा जाँदा नन्दलाल डांगी जीसंग मेरो भेट हुने गथ्र्यो, उहाँ अहिले हुनुहुन्न, उहाँले आफ्ना वरपरका दाजुभाइहरुलाई एकत्रित गरेर सत्संग गर्ने गर्नु हुन्थ्यो । पछि यो अरु ठाउँमा पनि फैलिदै गयो । अहिले नेपालका धेरै जिल्लाहरुमा फैलिसकेको कुरा आफूले सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावल जीबाट थाह पाए । अहिले यहाँ तुलसीपुरमा आयोजना भइरहेको वार्षिक साधारण सभामा पनि नेपालका विभिन्न जिल्लाहरुबाट प्रतिनिधित्व गरिराख्नु भएको छ, सबैलाई तुलसी उपमहानगर पालिकाको तर्फबाट धन्यवाद र स्वागत छ । यो विश्व शान्तिका दूत गौतम बुद्ध जन्मिएको प्रदेश, थारु आधिवासीहरुको महत्वपूर्ण भूमि पनि हो । इतिहासलाई हेर्दै गर्दा दाङ्ग जिल्ला के हो र कसरी बन्योभन्दा वा दमीशरण राजाको इतिहासलाई हेरयो भने दाङ्ग नामकरण भएको पाउँछौ । बाबा बूटा सिंह जीदेखि बाबा हरदेव सिंह जीसम्मका सत्गुरुहरुले सन्त निरंकारी मिशनको विचारलाई प्रवाह गर्नुभयो । आज मिशनलाई फैलाउन तपाईहरु पनि एकजुट हुनुभएको छ । तपाईहरुले आफूले लिएको ज्ञान, सतवचन, सतमार्गलाई जनता सामु फैलाई रहनु भएको छ । यसमा कुनै हिनता बोध गर्ने बाटो छैन, तपाई जहाँ हुनुहन्छ त्यहाँ असल कार्यमा हुनुहुन्छ, महान बाटोमा हुनुहुन्छ, उहाँले बताउनु भयो ।

सन्त निरंकारी मिशनले आफ्नो स्थापना कालदेखि विभिन्न ठाउँमा समाज कल्याणका कार्यहरु पनि गर्दै आएको छ । जस्तै– वाढी–पहिरो, भूकम्प, खाद्यन्न संकट, रक्तदान आदि जस्ता मानवीय कल्याणमा निरन्तर सहयोग गर्दै आएको छ । यो निकै प्रशंसनिय कार्य हो । समाज सेवाको भावना समाजका अरु अंगहरुमा पनि जागृत गराउँदै सन्त निरंकारी मिशन अगाडि बढ्दै जाओस भनि आफ्नो शुभकामना मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालले आर्थिक वर्ष २०८० ÷०८१ मा आध्यात्मिक तथा सामाजिक कार्यक्रम सहितको वार्षिक प्रतिवेदन तथा २०८०÷०८१ आयव्यय सहित २०८१÷०८२ को अनुमानित आय विवरण प्रस्तुत गरिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।