मनोरञ्न

लोक दोहोरी गायन नै मेरो मुलधार हो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सन्जु न्यौपाने लोकदोहोरी क्षेत्रमा स्थापित गायिका हुन् । एकदशक भन्दा अघिदेखि गायन क्षेत्रमा सक्रिय सन्जुले हालसम्म दर्जनौं लोकगीतहरु बजारमा ल्याएर श्रोताको मन जितिसकेकी छिन् । स्याङ्जामा जन्मिएकी सन्जुले स्कुले जीवनबाटै गायन यात्रा सुरु गरेकी हुन् । स्कुलमा हुने विभिन्न सांस्कृति कार्यक्रममा गाउनुका साथै छमछमी नाचेर साथीसंगी र गुरुहरुको मन जित्ने गरेकी उनलाई सबैले ठुली भएपछि कलाकार भन्नु है भन्थे ।

सो भनाईलाई शिरोपण गर्दै उनी गायनको उडानमा अघि बढी र आज आफ्नो माधुर्य स्वरबाट सांगीतिक आकाश चुम्न सफल भएकी छिन् । सन्जुलाई गायिकाको रुपमा चिनाउने पहिलो गीत ‘उमेर पुगेछ…’ थियो । यो पन्चेबाजा गीतलाई २०७२ सालमा उनले बजारमा ल्याएकी थिईन् । यी गायिकाको त्यसपछि लाहुर, चाँदी कहाँ होला, लामो कपाल जस्ता थुप्रै चर्चित गीतहरु श्रोतामाझ लोकप्रिय छन् । गायनसँगै सन्जुले आफ्ना धेरै म्यूजिक भिडियोमा मोडलिङ पनि गरेकी छन् । मुल विधा गायनमा सक्रिय सन्जुले मोडलको रुपमा पनि परिचय बनाएकी छिन् ।

बिज्ञापन

गायिका न्यौपानेले सर्वोत्कृष्ट गायिकाको रुपमा ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड, सातौं निम अवार्ड, तेस्रो ओएस नेपाल म्यूजिक अवार्ड, औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड लगायतमा विभिन्न अवार्ड चुमिसकेकी छिन् । उनी गायनमै विभिन्न सम्मान तथा पुरस्कारबाट पनि विभूषित छिन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।