अवर्गीकृत

हात्तीको आवाज सुनेर भागेका २२ वर्षीय उमेश चौधरी मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आवाज सुनेर भागेका २२ वर्षीय उमेश चौधरी मृत फेला परेका छन्।

बेलौरी नगरपालिका–५ मैनामा दशैंको नाच हेरेर गएराति १ः३० बजेको समयमा घर फर्कने क्रममा सोही नगरपालिकाको बन्तरिया जंगलमा अचानक हात्तीको आवाज सुनेर बेलौरी नगरपालिका–६ ढक्काचादर बस्ने मृतक २२ वर्षीय उमेश चौधरीले चलाएको से ४ प ८६१८ नम्बरको मोटरसाईकल छोडेर पछाडी सवार २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नबिन चौधरीसहित तीनै जना भागि बेपत्ता भएका थिए।

बिज्ञापन


रोशन र नबिन सम्पर्कमा आएपनि उमेश भने सम्पर्कमा आएका थिएनन्। इलाका प्रहरी कार्यालय बेलौरीले खोजतलास गर्दै जाँदा उनी बेलौरी नगरपालिका–५ मा रहेको पुष्पलाल स्मृति सामुदायिक वनमा आज बिहान ६ः४० बजेको समयमा मृत फेला परेको प्रहरीले जनाएको छ। उमेश मृत अवस्थामा फेला परेको स्थान वरपर हात्तीको दिशा र रुखसमेत मडारेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।