आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन धनगढीमा वृहत सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, २२ असोज । सन्त निरंकारी सत्संग भवन धनगढीमा वृहत सत्संग सम्पन्न भएको छ ।

उक्त अवसरमा देहरादूनबाट आउनु भएका ज्ञानप्रचारक भरत बहादुर ठाकुरले यदि हामीले परमपिता परमात्मालाई देखेका छैनौ, त्यसको अनुभव नै गरेका छैनौ भने हामी विभिन्न प्रकारका नामहरुको उच्चारण गरेर, जप–तप गरेर त्यसबाट कुनै लाभ प्राप्त हुन सक्दैन । मानिसहरु चौरासी लाख योनिको उद्धारको कुरा गर्छन्, भवसागर तर्नुको कुरा गर्छन्, आत्माको उद्धारको कुरा गर्छन् वा मोक्ष र मुक्तिको कुरा गर्छन् त्यो बिना प्रभुलाई जानेर वा बिना प्रभुको दर्शन गरेर असम्भव छ । त्यसैले यदि मानव जीवनलाई सफल गर्नु छभने सर्वप्रथम सत्गुरुको शरणमा आएर ब्रम्हज्ञानलाई प्राप्त गरेर त्यसै अनुसार आफ्नो जीवनलाई डो¥याउँछौ भने पक्कै पनि मानव योनि सफल हुन सक्छ । ब्रम्हज्ञान भनेको प्रभुको जानकारी हो । जबसम्म सत्गुरुको कृपाबाट यो ब्रम्हज्ञानको जानकारी भएको छैन भने तबसम्म मुक्तिको कुरा गर्नु धेरै टाढा कुरा हो, उहाँले बताउनु भयो ।

बिज्ञापन

भगवान रामको बनवासको कुरालाई उल्लेख गर्दै उहाँले भन्नुभयो जब रामलाई बनवास भयो, उनले त्यस दौरान रावणबाट अनेकौं दुःख–कष्ट झेल्नु परयो र अन्तमा उनले रावणको वध गर्नुभयो । रावणको मृत्युबाट सारा संसारमा उनको जय जयकार भयो । त्यसै समयमा उनका स्वयं बुवा दशरथलाई रामको बारेमा कुनै थाह थिएन, उनले रामलाई केवल आफ्नो छोराको रुपमा हेर्ने गर्थे । त्यसै समयमा अचानक दशरथको मृत्यु हुनगयो र उनले प्रेम योनिमा जन्म लिए । तब लक्ष्मणले रामलाई भने कि दाजु पिताजीको मुक्ति भएको छैन, उनको फेरि प्रेमको योनिमा जन्म भएको छ । तब भगवान रामले लक्ष्मणलाई सम्झाउँदै भन्नुभयो कि राजा दशरथले मलाई केवल पुत्रको रुपमा हेर्नु भयो, मलाई जान्ने कुनै कोशिश गर्नुभएन । लक्ष्मणले भन्नुभयो कि अब पिताजीको कसरी मुक्ति हुन सक्छ ? तब भगवान रामले भने त्यसको लागि ब्रम्हज्ञानको आवश्यक छ । ब्रम्हज्ञानबाट मात्र उनको मुक्ति सम्भव छ । पछि रामले आफ्नो विराट स्वरुपको दर्शन दिदै ब्रम्हज्ञान दिनुभयो तब उनको मुक्ति हुनगयो । भन्नुको तात्पर्य ब्रम्हज्ञानभन्दा ठुलो जीवनमा अरु केहि छैन, उहाँले सम्झाउनु भयो ।

आज मानवमा मिलवर्तन, भाइचारा, सद्भाव, समभाव, एकत्वको कमि रहेको छ । यो केवल ब्रम्हज्ञानलाई प्राप्त गरेपछि मात्र सम्भव हुन जान्छ । अज्ञानता रुपी अन्धकारमा आज मानव भौतारी रहेको छ, वैर–भाव अहंकारमा डुबि रहेको छ, जसबाट आज चारैतिर तछाड–मछाडको वातावरण रहेको छ । यसको समाधानको बाटो भनेको ब्रम्हज्ञान नै हो । यसर्थ भवसागरबाट पारी तर्नु छ भने सत्गुरुको शरणमा आएर ब्रम्हज्ञानलाई हासिल गर्नु पर्ने छ, उहाँले प्रष्ट पार्नुभयो ।

जब स्वामी विवेकानन्दलाई ब्रम्हज्ञानको प्राप्ति भयो, उनले आफ्ना गुरु स्वामी रामकृष्ण परमहंशको शरणमा बिन्ति गर्नुभयो कि हे सत्गुरु ! मलाई यस्तो ब्रम्हज्ञान, यस्तो विराट स्वरुप निराकारको दर्शन गराउनु भयो, मेरो जीवत धन्यभयो । तर संंसारमा अनेकौ भ्रम–भूलेखामा फसेर जीवन बिताई रहेका छन्, हजूर आशीर्वाद दिनुहोस ताकि यस ब्रम्हज्ञानलाई सम्पूर्ण संसारमा फैलाउन सकु । सत्गुरुले सम्झाउनु भयो कि हे विवेकानन्द ! यो ब्रम्हज्ञानको आवश्यकता त संसारमा छ, जस्तै म कहाँ संयकडौ मान्छेहरु आउने गर्दछन् तर तिनीहरु किन आउँछन् भने उनीहरु आफ्नो कामना र इच्छा पूर्तिको लागि आउने गर्दछन् । जोपनि आएर धन–सम्पत्ति, छोराछोरी, सुख–साधन आदि सबै बढिभन्दा बढि हुन सकोस भनेर माग्ने गर्दछन् । तर कसैले यो भावना व्यक्त गर्दैनन् कि म प्रभु प्रति व्याकूल छु, यसलाई प्राप्त गर्नको लागि वेचैन छु, मलाई पनि प्रभुको दर्शन गराई दिनुहोस, मलाई पनि ब्रम्हज्ञान प्रदान गर्नुहोस भनेर कसैले भन्दैनन् । यसरी आज संसारको उद्धारको लागि सत्गुरु माता जी निकै दयालु हुनुहुन्छ, जोपनि उनको शरणमा आउँछ त्यसलाई तुरुन्त ब्रम्हज्ञान प्रदान गरेर उसको जीवन सुखी बनाई रहनु भएको छ । ब्रम्हज्ञानको लागि परमात्मा प्रति तिर्खाएको हुनु पर्दछ । भक्तिको आरम्भ परमात्माको दर्शनबाट नै हुने गर्दछ । परमात्मालाई देखेका नै छैनौ भने हामीले कसको भक्ति गर्ने ? त्यसैले सत्गुरुले बारम्बार सम्झाउनु हुन्छ कि पहिले आत्माको पति परमात्मालाई जान त्यसपछि यसको भक्ति गर्न आरम्भ गर, उहाँले बताउनु भयो ।

ईन्द्र बि.क.को हरदेव बाणी गायनबाट आरम्भ भएको सत्संग कार्यक्रममा माया बोहरा, राम बहादुर, अमृता, सुदर्शन जोशी, प्रिती, ममता, सानु, अन्जली, अर्जुन पार्की, पदम सिंह, निर्मला बि.क., विष्णु माया ओड, करण ओड, जय बहादुर खड्का, झंकर विष्ट, दिलिप सिंह, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमाल, देहरादूनबाट आउनु भएकी गीतकार तथा गायक शोभा ठाकुर र अछाम प्रमुख प्रकाश बहादुर साउँदले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने अतिथि गणहरुमा ब्रम्हकुमारीकी क्षेत्रिय संचालिका सिस्टर दुर्गा जी, ओम शान्तिबाट भक्तराज जोशी, हेमन्त भट्टराई, रुपराज रेग्मी, चन्द्रकला रेग्मी लगाएत विभिन्न आध्यात्म प्रेमी र समाज सेवीहरुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कविराज रेग्मीले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।