काठमाडौंमा दिउँसै १९ लाख चोरी, चार जना पक्राउ
लोक कल्याणकारी विज्ञापन

काठमाडौं : चिनियाँ नागरिकको डेराबाट लकर फोडेर १९ लाख लुट्ने चार जना पक्राउ परेका छन्। उनीहरूले काठमाडौंको पेप्सीकोलास्थित घरको तेस्रो तल्लामा बस्दै आएकी ५७ वर्षीय लोज्या ल्यानको कोठाबाट १९ लाख नगद चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।
लोक कल्याणकारी विज्ञापन

उनीहरूले असोज २२ गते दिउँसो घरबाट चोरी गरेका थिए। पक्राउ पर्नेमा नुवाकोटका २८ वर्षीय मनिष सापकोटा, काभ्रेका २७ वर्षीय धनेष लामा, नुवाकोटका २८ वर्षीय डियुक सापकोटा र नुवाकोटकै २६ वर्षीया श्रीमाया तामाङ रहेको प्रहरीले जानकारी दिएको छ।
लोक कल्याणकारी विज्ञापन

उनीहरूको साथबाट १६ लाख ४९ हजार ७४० रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ। त्यस्तै चोरी गरेको लकर, सोही रकमबाट खरिद गरिएको एनएस २०० मोटरसाइकल र ६ थान मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

