बुटवलमा वृहत सत्संग सम्पन्न

बुटवल, २२ असोज । बुटवलमा वृहत सत्संग सम्पन्न भएको छ ।

बुटवलको हाट बजारमा आयोजना गरिएको सत्संग कार्यक्रममा भारतबाट आउनु भएका ज्ञानप्रचारक सुरेन्द्र नाथ त्रिपाठीले उपस्थिति साध संगतलाई सम्बोधन गर्दै भन्नुभयो– ब्रम्हज्ञान रुपी एैना जुन सत्गुरुले हामीलाई दिनुभएको छ त्यस एैनाका अनुसार हामीले हाम्रो व्यवहारमा कति फरक पायौं, त्यस अनुसार कति हिड्न सक्यौ त्यो कुरा हामी ब्रम्हज्ञान रुपी एैनामा हेरेर थाह पाउन सक्छौ । ब्रम्हज्ञान प्रत्येक व्यक्तिको जन्म सिद्ध अधिकार हो । यसबाट उसले आफ्नो मुक्तिलाई प्राप्त गर्न सक्छ । जीवनको उद्धार गर्नु छ भने केवल सत्गुरुको चरणमा आएर ब्रम्ज्ञानलाई प्राप्त गरेर मात्र गर्न सकिन्छ, उहाँले बताउनु भयो ।


एक समय सन्त निरंकारी मिशनका केन्द्रीय कमिटीका सदस्यहरुले मिशनको प्रचार–प्रसार कसरी गर्न सकिन्छ भनेर आपसमा छलफल गरे । निष्कर्समा एउटा पत्रकार सम्मेलन गर्ने निर्णय भयो । सबै पत्रकारहरुलाई बोलाईयो र मिशनको बारेमा भन्न थालियो तब एउटा पत्रकारले भन्यो कि हामीलाई मिशन के हो र यसले के काम गर्छ त्यसको बारेमा हामी सबैलाई थाह छ तैपनि म निरंकारी मिशनको बारेमा म केहि भन्न चहान्छु । जुन शहरमा म बस्छु, त्यहाँ एउटा फ्याक्ट्रीमा काम गर्ने एउटा कामदार छ, त्यो हाम्रै चालमा बस्छ ।उसले आफ्नो नियमित रुपमा ड्यिूटी निभाउथ्यो । जब ऊ पाँच बजे आफ्नो डूउटीबाट छुटेर आउथ्यो त्यसलाई घर पुग्न करिब ३ घण्टा लाग्ने गथ्र्यो । घरमा आउँदा उसका सबै लुगाहरु फोहार–मैला हुन्थे । एक दिन कुनै सर्जनले यसलाई मिशनको बारेमा थाह गरायो र उसलाई सत्संग लिएर गयो तब उसले ब्रम्हज्ञान प्राप्त गरयो र नियमित रुपमा सत्संग गर्न थाल्यो । अहिले त्यो व्यक्ति नियमित रुपमा कामबाट पाँच बजे छुटेर चाँडै घर पुग्ने गर्दछ र जहाँ–जहाँ सत्संग छन्, त्यहाँ पुगेर सत्संंगमा सरिक हुने गर्दछ र साथै उसले पहिले आफ्नी श्रीमतीलाई पनि धेरै पिट्ने गथ्र्यो तर अहिले उसको घरमा शान्तिको वातावरण छ, परिवारमा हाँसी–खुशी छ । समाजका सबैसंग प्रेमले कुरा गर्छ । अहिले त उसको घरमा एक घण्टा सत्संग पनि हुन थालेको छ । यस्तो प्रकारको परिवर्तन मैले देखे भनेर त्यस पत्रकारले भन्यो । त्यसको कुरा सुनेर शास्त्री जीले भन्नुभयो– यस निरंकारी मिशनको प्रचारको लागि, उद्देश्यको लागि हामीले लाखौ पैसा खर्च गर्न सक्छौ तर त्यसबाट वास्तविक प्रचार–प्रसार हुने थियो कि थिएन त्यो थाह भएन तर एक गुरसिखले ज्ञानको अनुसार आफ्नो जीवनलाई परिवर्तन गरयो, त्यही नै मिशनको वास्तविक प्रचार हो, कुनै मिडिया वाजी गर्नुको आवश्यकता परेन । गुरसिखले जहिले पनि सत्गुरुले देखाएको बाटोमा हिडेर आफ्नो जीवनलाई सुधार्ने गर्दछ, उहाँले प्रष्ट पार्नुभयो ।

उनले प्रेमको महत्वमाथि प्रकाश पार्दै भन्नुभयो कि प्रेमलाई हामीले फैलाउनु छ । प्रेमबाट नंै संसारमा शान्ति स्थापना गर्न सकिन्छ । सबैसंग प्रेमको भाषा बोल्नु छ, प्रेम पूर्वक व्यवहार गर्नु छ । सत्गुरुले सबैलाई प्रेमबाट बस्न सिकाउनु भएको छ । हामी सबै एक प्रभु–परमात्माका सन्तान हौ, त्यसैले कसैसंग भेदभाव नगरेर आफ्नै परिवारको सदस्य सम्झेर मिलेर बस्नु पर्दछ । दुःख–सुखमा साथ दिनु पर्दछ, कसैमाथि कुनै प्रकारको रिस–रागको भावना राख्नु हुँदैन भनेर उहाँले सम्झाउनु भयो ।

सत्संग कार्यक्रममा भारतबाट आउनु भएका नन्नेलाल शर्मा, मुन्ना यादव रहेका थिए भने नन्दू सहानी, राजेश, इन्द्रदेव, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्हैया पाठक, बुन्देश्वर चौहान, अशोक, कुलबहादुर के.सी., कृष्ण थापा, कुशल के.सी., लक्ष्मी जयसबाल, गोपाल गुप्ता, मुरारी, रमेश, वृजमति, जगरनाथ, महेन्द्र लाल शर्मा, अनिता चौधरी, राजन आले, शिवनन्दन, त्रिवेनी आदिले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन बीरेन्द्र जसवालले गर्नुभएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.