बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
लोक कल्याणकारी विज्ञापन

धनगढी, असोज २६ गते । मुलुकमा दसैंको रमझम चलिरहेको बेला कैलालीका एक व्यक्तिले बञ्चरो प्रहार गरी आफ्नो श्रीमतीको हत्या गरेका छन् ।
चुरे गाउँपालिका –६ मल्लो ढुङ्गेनीका ५० वर्षीय डम्मरबहादुर चुनाराले गएराति आफ्नो श्रीमतीको हत्या गरेका हुन । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार राति १ बजेतिर टाउकोमा बञ्चरो प्रहारबाट ४७ वर्षीया हीरादेवी चुनाराको ज्यान गएको छ ।
बिज्ञापन

इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटेको प्रहरी टोलीले बञ्चरो प्रहार गर्ने डम्मरलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
