नेपाली कला, भाषा, संस्कृतिलाई चिनाउन पर्यटन महोत्सवको आयोजना

काठमाडौ, ४ कार्तिक । नेपाली कला, भाषा, संस्कृतिलाई चिनाउन काठमाडौमा पर्यटन महोत्सवको आयोजना गरिएको छ ।
सन् २००५ मा स्थापना भएको काठमाडौं दरबार क्षेत्र पर्यटन प्रबर्द्धन संघ ले प्रसिद्ध काठमाडौँ दरबार क्षेत्रको सम्बर्द्धन, व्यवस्थापन र सांस्कृतिक जीर्णोद्धार तथा संरक्षण गर्ने उदेश्य तथा लक्ष्य लिएको छ । हाम्रो संस्थाले यस क्षेत्रमा पर्यटन लाई बढावा दिन, यसको दिगो विकास सुनिश्चित गर्न र पयर्टन द्वारा यस क्षेत्र र सिङ्गो राष्ट्र कै बिकास गर्न प्रतिबद्ध छ । यस संस्थाले बिभिन्न माध्यमबाट यस ऐतिहासिक स्थलको सांस्कृतिक सम्पदा, सुन्दरता र महत्व प्रदर्शन गर्ने तथा भावी पुस्ताका लागि हाम्रो सांस्कृतिक विरासतको संरक्षण गरी दरबार क्षेत्रलाइ विश्वसामु परिचित गराउने लक्ष्य पनि लिएको छ।

बिश्वमा नै मौलिक संस्कृति बोकेको हाम्रो देश नेपाल र हाम्रो कला, भाषा संस्कृति लाई बिश्व भरि चिनाई पयर्टन प्रबर्दन गर्ने उदेश्यले गर्न लागिएको उक्त कार्यक्रमले स्थानिय, स्थानिय ब्यापारी र देशलाई नै फाईदा पुग्नेमा दुई मत छैन । कोभिड रोगको माहामारी पश्चात सुस्ताएको पर्यटन क्षेत्र लाई अझ तीव्र गतिमा उत्थान गर्न समेत टेवा पुग्ने हेतुले गर्न लागिएको यस कार्यक्रम, काठमाडौं महानगरपालिका सँगको सहकार्यमा हनुमानढोका दरवार क्षेत्र पर्यटन प्रवर्द्धन संघले विश्व पर्यटन दिवस २०२४ को अवसर पारीअसोज ११ गते हनुमानढोका दरवार क्षेत्रमा बृहत सांस्कृतिक कार्यक्रम तथा हस्तकला प्रदर्शनी गर्न लागिएकोमा देशमा श्रृजित प्रतिकुल मौसमका कारण बाढि, पहिरो र डुबान अनि त्यसबाट पर्न गएको शोकाकुल अवस्थालाई मध्यनजर गरि स्थगन हुन गएको कार्यक्रम आज कार्तिक ३ गते शनिबारका दिन हनुमानढोका दरवार क्षेत्रमा आयोजना गरीएको हो ।


उक्त कार्यक्रममा इतिहासमै पहिलो पटक २५ वटा बाजा समूहहरूलाइ एकै स्थलमा उभियाइ १००० जना भन्दा बढि कलाकारहरुले एकै साथ मौलिक धिमे बाजा तथा नेवाः नाच प्रदर्शन, सांस्कृतिक तथा एतिहासिक भेलु प्याखं, घिन्ता घिसी नाच, नेपाली सेना शार्दुल जंग गुल्म धिमे बाजा, नेपाल प्रहरी ब्याण्ड, स्थानिय खलः सँगै कुटुम्ब ब्याण्डको सामुहिक अकोष्ट्रा,जीवन्त नेवाः कलाकारीता प्रदर्शन, , नेवारी खाद्य स्टल, रक्तदान कार्यक्रम तथा स्वदेशी उत्पादनका हस्तकलाहरुको प्रदर्शनी गरियो ।

“काठमाडौँ दरबार स्क्वार पर्यटन प्रवर्धन सङ्घ” विश्व पर्यटन दिवस २०२४ पर्यटन र शान्ति विशेष कार्यक्रम तालिका यस प्रकार रहेको थियो–
१०ः००–१२ः०० बृहत रक्तदान कार्यक्रम
१ः०० आसन ग्रहण
१ः१० माल्यार्पण रातो कोखा र टिका तथा ढाका टोपी
१ः१५ राष्ट्रिय गान
१ः२० स्वागत मन्तव्य
१ः२५ उद्घाटन ÷ पानसमा बत्ति÷
१ः३० प्रमुख तथा बिशेष अतिथिबाट परेवा उडाउने
मन्तब्यहरुमा
१.अतिथि वडा अध्यक्ष श्री….
२.अतिथि नेपाल सम्पदा संघ अध्यक्ष धर्मरत्न शाक्य
३.पर्यटन समिति का म पा तथा अध्यक्ष वडा नं ८
४.विशेष अतिथि श्री सुनिता डंगोल उपमेयर का म पा
५.विशेष अतिथि माननिय शैलेन्द्र वज्राचार्य
६.प्रमुख अतिथि माननीय विराजभक्त श्रेष्ठ
७.धन्यवाद ज्ञापन सभापति दिनेश सुवाल (२ः३०सम्म)
दोस्रो चरण कार्यक्रम तालिका
३ः०० –४ः०० भेलु प्याख, घिन्ता घिसी
४ः०० –५ ः०० धिमे बाजा बृहत नृत्य
५ः०० –६ः०० प्रहरी अकेष्ट्रा
६ः०० –७ः०० सामुहिक अकोष्ट्रा
१०ः००–१२ः०० बृहत रक्तदान कार्यक्रम

(कुटुम्ब ब्यान्ड,पुलिस ब्यान्ड नेपाली सेना शार्दुलजंग गुल्मको धिमे बाजा तथा स्थानीय बाजा खल)
कार्यक्रमका प्रमुख अतिथि ,विशेष अतिथि तथा अतिथिज्यूहरू
सभापति दिनेश सुवाल अध्यक्ष काठमाडौँ दरबार स्क्वार पर्यटन प्रवर्द्धन संघ
विशेष अतिथि माननिय श्री सपना राज जोशी संघिय सांसद
बिशेष अतिथि माननिय शैलेन्द्र वज्राचार्य बागमती प्रदेश सांसद निवर्तमान संस्कृति पर्यटन तथा सहकारी मन्त्री
विशेष अतिथि माननिय श्री समिता खड्गी वाग्मति प्रदेश सांसद
विशेष अतिथि श्री सुनिता डंगोल उप मेयर का म पा
बिशेष अतिथि श्री दिनेश श्रेष्ठ अध्यक्ष माल्टा वाणिज्य दूत तथा उद्योग बाणिज्य महासंघ
बिशेष अतिथि श्री पवित्र बज्राचार्य नेवा देय् दबु अध्यक्ष
विशेषअतिथि श्री आशामान संगत , सम्पदा तथा पर्यटन समिति कामपा का संयोजक तथा वडा अध्यक्ष वडा नं ८
अतिथि – –श्री धर्मरत्न शाक्य अध्यक्ष नेपाल हेरिटेज सोसाइटिका
अतिथि श्री मचाराजा महर्जन अध्यक्ष वडा नम्बर २३
अतिथि श्री कुमारी राई प्रमुख का म पा सम्पदा तथा पर्यटन बिभाग
अतिथि श्री चन्द्र गोपाल प्रधान प्रमुख काठमाण्डौदरबार स्क्वायर संरक्षण कार्यक्रम
अतिधि श्री अनिल महत ज्यु रण भैरभ गणका गणपति
अतिधि श्री अनिल श्रेष्ठ गुल्मपति श्री शार्दुल जंग गुल्म हनुमानढोका
अतिधि श्री गणपतिलाल श्रेष्ठ संयोजक गुठी आन्दोलन
अतिधि श्री चन्द्रमान मुनिकार बज्रकला कुञ्ज
काठमाडौँ दरबार स्क्वार पर्यटन प्रवर्द्धन सङ्घका संस्थापक सदस्यहरू यस प्रकार रहेका छन्–
१) श्री सुमन लाल श्रेष्ठ
२) श्री मोहन मूलेपती
३) श्री कमलराज मैनाली
४) श्री उद्धव कृष्ण श्रेष्ठ
५) श्री दीपक शाक्य
६) श्री भगवती जोशी
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.