रविलाई भेटेपछि बाबुरामले भने- राज्यले प्रतिशोध साँधेर दुःख दिएको आशंका छ
लोक कल्याणकारी विज्ञापन

पोखरा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अनेक काण्ड लगाएर दुःख दिइएकोमा आफूलाई अस्वाभाविक लागेको बताएका छन् ।
कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई शुक्रवार बिहान भेटेर फर्किने क्रममा डा।भट्टराईले राज्यले रविमाथि राजनीतिक प्रतिशोध साँधेको हो कि भन्ने आशंका लागेको समेत बताए ।
बिज्ञापन

‘विभिन्न ढंगले एकपछि अर्को गरेर दुख दिने काम भइराखेको छ । यो अलि अस्वाभाविक र अन्याय पूर्ण भयो भनेर मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हु,’ उनले भने ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
